डा. केसीको सत्याग्रह एक साता स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ११, बिहिबार
काठमाडाैं – डा. गोविन्द केसीले आफ्नो सत्याग्रहको समय एक साताका स्थगित गरेका छन् ।
कोरोना महामारीका कारणले स्थानीय प्रशासनले सत्याग्रह नबस्न आग्रह गरेका थिए ।
डा. केसीले माग पूरा नभए भदौ ११ बाट सत्याग्रह सुरु गर्ने चेतावनी दिएका थिए ।
भदौ १ मा जुम्लामा पत्रकार सम्मेलन गर्दै उनले भदाै ११ बाट सत्याग्रह थाल्ने भनेका थिए ।
स्थानीय प्रशासनको आग्रहमा डा. केसीले सत्याग्रह स्थगित गरे पनि उनी बसिरहेको होटल रोयल गार्डेन आसपास क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको र प्रहरीले क्षेत्रमा आवतजावत पूरै बन्द गरेको स्थानीयले बताए ।
प्रहरीकाे घेराबन्दी यथावत रहे जुनसुकै समय सत्याग्रह सुरु हुनसक्ने चेतावनी पनि डा. केसीले दिएका छन्, ‘अहिले हाम्रा शुभचिन्तकलाई प्रहरी प्रशासनले धम्क्याउने काम गरेको छ,’ उनले भने, ‘यस्तो अवस्था आए जुनसुकै बेला सत्याग्रह सुरु हुन्छ ।’
Categorized in राजनीति