STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डा. केसी ट्रमाबाट शिक्षण अस्पतालमा, अनशन निरन्तर

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ६, मंगलबार

काठमाडौँ – डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनशनरत केसीले आज मंगलबार ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । दिउँसो ट्रमा सेन्टर पु¥याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् । ९ दिनदेखि अनशनरत केसी आजै नेपालगञ्जबाट आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पु¥याएको थियो । केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आजै शिक्षण अस्पताल सारिएको हो ।
Categorized in राष्ट्रिय