STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल यथावत

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १६, बिहिबार

नेपाल आयल निगमले बिहीबार राती १२ बजेबाट लागु हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाका दरले मूल्य बढाएको छ ।  

निगम संचालन समितिको बिहीबारको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । बैठकपछि बिहीबार राति जारी विज्ञप्ति अनुसार डिजेल र मट्टीतेलको मूल्य बढाइएको भएता पनि पेट्रोल, हवाई इन्धन र एल.पी.ग्याँसको मुख्य यथावत राखिएको छ।  

बिहीबार रातीबाट प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य १७२ रुपैयाबाट बढेर १७८ रुपैया हुने भएको छ।  निगमले यो मुल्य समायोजन गर्दा पनि निगमलाई आगामी १५ दिनमा करिब ३० करोड ५२ लाख रुपैया घाटा हुने जनाएको छ।  इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट इन्धनको मूल्य बढेर आए पछि मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।

Categorized in बिजनेस