STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डेंगु महामारी नियन्त्रण सरकारको प्राथमिकतामा परेन : गगन थापा

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ४, मंगलबार

काठमाडौं - सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरेका हुन् ।

कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेपनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो । काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए ।

उनले भने, ‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरी खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । स्थानीय सरकारको तयारीको बारेमा हामीले हेर्‌र्यौ भने, प्राथमिकताका सन्दर्भमा हामीले हे¥यौं भने अथवा यत्रो ठूलो प्रकोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन ।’

उनले थपे, ‘हामीसँग रातारात आपतकालिन समयमा काम गर्ने संरचनाहरु छ कि छैन ? यो काठमाडौंमा मात्रै सीमित भएको कुरा देशभर फैल्ने क्रममा जुन छ । कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो । कोभिड लगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरुको निर्माणमा खासै चासो दिएका देखिएन वा सिक्न चाहेन ।’

महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरुले पनि आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्नेमा जोड दिए ।

Categorized in राजनीति