STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डेंगु संक्रमितका लागि काठमाडौं महानगरको हटलाइन सेवा सुरू

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ३०, बिहिबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले बिहीबारदेखि डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ।

संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सकिने महानगरले जनाएको छ।

डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि महानगरस्तरमा सक्रिय रहेको र भइरहेका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरू पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेको प्रमुख बालेन्द्र शाहले बताए।

डेंगु विरुद्धमा टोल-टोल वा सामुदायिक रूपमा नै सक्रिय भएर लाग्न उनले सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्। 

त्यस्तै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने उनले बताएका छन्। 

Categorized in उपत्यका