STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डेढ लाख स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिह्न

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १७, शनिबार

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन अधिकृतको कार्यालयमार्फत् मैदानमा रहेका झण्डै डेढ लाख उम्मेदवारलाई आज चुनाव चिह्न दिएको हो ।

मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा माओवादी केन्द्रको गोलाकार हँसिया हथौडा, चौथोमा जनता समाजवादी पार्टीको छाता, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल र छैठौँ मा नेकपा (एकीकृत समावादी)को कलम चिह्न छ ।

राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका ६० दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न दिइएको आयोगले जनाएको छ । राष्ट्रिय मान्यताप्राप्त दलका १ लाख १० हजार र अरु दलका २९ हजार उम्मेदवार प्रतिस्पर्धामा छन् ।

स्वतन्त्र उम्मेदारले पुतली, खरायो, भुइँकटहर, हाँस, आँप, जेब्रा, लौरो, धारा, कैंची, मुढा, जेब्रा, लालटिन, प्रेसर कुकर, चिल, काग, भ्यागुता, खसीको टाउको लगायत चिह्न पाएका छन् । निर्वाचनमा ११ हजारभन्दा बढी स्वतन्त्र उम्मेदवार छन् ।

Categorized in राष्ट्रिय