STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डोटीकाे क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २५, आइतबार

काठमाडाैं।-डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टाइनमा बस्दै आएका थिए । आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीयले जानकारी दिए । उनी मुटुको रोगी भएको बुझिएको छ ।  मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीले जनाएकाे छ । क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाइ साँझसम्म रिपोर्ट ल्याइने जनाइएकाे छ । रिपोर्ट नआएसम्म शव नउठाइने थाहा हुन आएकाे छ । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने जनाइएकाे छ ।
Categorized in राष्ट्रिय