STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ड्रिमवल्र्ड अफ फिल्म मेकर्स सम्पन

Janjati Khabar – जनजाति खबर | २०७५ माघ २९, मंगलबार

नेपालमा अहिले फिल्म र सगीत क्षेत्रमा अवार्डको संख्या बढ्दै गइ रहेको छ भने यसै र्कममा ड्रिमवल्र्ड अफ फिल्म मेकर्सको आयोजनामा आइतबार यलो पगोडा होटेलमा पहिलो सोसियल मिडिया फिल्म अवार्डसम्पन्न भएको छ । फेसबुक र युट्युब लगायतका सोसियल मिडियामा प्रकाशित श्रव्यदृश्य र शर्ट फिल्म बीच प्रतिस्पर्धा गरीएको कुरा आयोजक समितिका अध्यक्ष शबनम मुखियाले बताए। उनले समाजिक विषयवस्तुलाई उठाएर समाजमा य्कारात्मक परिवर्तन ल्याउन फिल्मले ठूलो भुमिका खेल्न सक्छ भन्ने कुरामा आफू आशावादी रहेको कुरा बताइन् । संगीतकार एवं नाट्य तथा संगीत प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला , नेपाल फिल्म सोसाइटीका कलाकार कृष्ण मल्ल लगायत चलचित्र पत्रकार संघया पूर्व अध्यक्ष शान्ति प्रिय, वरिष्ठ पत्रकारहरु विजयरत्न तुलाधर असंबरे,डब्बु क्षेत्री अनि पहिलो नेपाली फिल्म“आमा”का तीन महिला कलाकार भुवन चन्द,चैत्य देवी व बसुन्धरा भुषालपिं विशेष अतिथि रहेका थिए सोसियल मिडिया फिल्म अवार्ड २०७५ मा नेपालको चलचित्र क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मी कुबेर गिरी र संगीता श्रेष्ठयात ११हजार नगद सहित पुरस्कृत गरिएको थियो भने समता स्कूलका संस्थापक उत्तम संजेललाई सोसियल मिडिया सामाजिक अभियन्ता सम्मान २०७५ बाट सम्मानित गरिएको थियो। यो अवार्डका संयोजक रबिन आचार्य नेपाःया नांजाम्ह एनिमेटर करुण थापा , नेपालपत्रकार महासंघ एशोसियट प्रदेश समिति अध्यक्ष के।पी।ढुङ्गाना अनि सञ्चारकर्मी एवं फिल्म निर्देशक संगीता श्रेष्ठ निर्णायक समितिका सदस्यहरु हुन् ।
Categorized in सिनेमा