STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तस्वीरसहितको परिचयपत्र देखाएर मतदान गर्न सकिने

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १३, शुक्रबार

प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा भएको मतदाताको विवरणमा सामान्य त्रृटि पाइएमा सानोतिनो भुलचुक मानी सरकारी निकायबाट तस्वीरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न दिने प्रबन्ध मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्षका लागि मुलुकका ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हँुदैछ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वासनीय तुल्याउन आयोगले आम मतदाता, उम्मेदवार, राजनीतिक दलसहित सरोकारवाला सबै पक्षसँग सहयोगका लागि अपिल गरेको छ ।
Categorized in राष्ट्रिय