STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तालाबन्दीप्रति बौद्ध सङ्घसंस्थाको विमति

Janjati Khabar | २०८१ श्रावण २५, शुक्रबार

धर्मोदय सभा र अन्य बौद्ध सङ्घसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दैे त्यसप्रति विरोध जनाएका छन् । लुम्बिनी नगर क्षेत्रका स्थानीय बासिन्दासहित केही समूहले प्रस्तुत गरेका मागप्रति विपति जनाउँदै सभाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, “लुम्बिनी विकास कोषसामु प्रस्तुत माग सकारात्मक भए पनि कोष गठन ऐन कानुन बमोजिम हुने तथा कोष स्थानीयलाई जिम्मा दिनु पर्ने माग जायज ठहर्न सक्दैन । मापदण्डअनुसार योग्यता पुगेकालाई स्थान दिनुपर्ने विषयलाई मागपत्रमै लेखिनुले शङ्का उब्जाएको छ ।” अखिल नेपाल भिक्षु महासङ्घ, नेपाल बौद्ध महासङ्घ, नेपाल परम्परागत बौद्धधर्म सङ्घ, लोटस रिसर्च सेन्टर तथा नेपाल मगर बौद्ध सेवा समाजले मायादेवी मन्दिरमा पूजापाठ गर्ने पुजारी नियुक्त गर्नुपर्ने मागप्रति असहमति जनाएका हुन् । यी संस्थाले लुम्बिनीको महत्व र संवेदनशीलतालाई दृष्टिगत यो विश्व सम्पदा क्षेत्रमा अशान्ति हुने कुनै किसिमका गतिविधि नगर्न सम्बन्धित सबैसँग अनुरोध गरेका छन् ।

 

Categorized in राष्ट्रिय