STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीन दिनसम्म तेस्रो विश्व नेवाः सम्मेलन हुने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १९, आइतबार

वर्ल्ड नेवाः अर्गनाइजेशन (विश्व नेवाः दबू) को तेस्रो सम्मेलन आउँदो चिल्लागा अस्तमिदेखि दसमि (चैत्र १४ गतेदेखि १६ गते) सम्म काठमाडौंमा भव्य रुपमा आयोजना गरिने भएको छ ।

फागुन १८ गते शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा तेस्रो विश्व नेवाः दबू सम्मेलन आयोजक संस्थाको आयोजनामा भएको पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिइएको हो ।

हुनलागेको विश्व नेवाः दबूको तेस्रो सम्मेलनमा १० भन्दा बढी मुलुकबाट सयौंभन्दा बढी प्रतिनिधिहरुको सहभागिता हुने आयोजक संस्थाका संयोजक पुष्करभक्त माथेमाले जानकारी दिनुभएको थियो ।

उहाँले तीन दिनसम्म हुने उक्त सम्मेलनको क्रममा नेपालका विभिन्न जिल्लाका ५ सयभन्दा बढी नेवाःहरुको सहभागिता, नेपाल मात्र नभइकन विश्वभरका नेवाःहरुको सवाललाई लिएर छलफल कार्यक्रम हुने, तीन वर्षको लागि नँया नेतृत्व चयन गर्ने साथै नेवाः सभ्यतालाई उजागर गर्ने खालका विभिन्न कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभएको थियो ।

विश्व नेवाः दबू नेपाल च्याप्टका कार्यबाहक अध्यक्ष शाक्य सुरेनको अध्यक्षतामा भएको उगु पत्रकार सम्मेलनमा आयोजकका सह–संयोजक द्वय रश्मिला प्रजापति र सुरेन्द्रभक्त श्रेष्ठ, नेवाः पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जन, रत्नकाजी लूनिभाःले विश्व नेवाः सम्मेलनको विषयमा जानकारी दिनुभएको थियो ।

विभिन्न संचारमाध्यमका पत्रकारहरु उपस्थित उक्त पत्रकार सम्मेलन कार्यक्रम सुदय शिलाकारले संचालन गर्नुभएको थियो ।

Categorized in राष्ट्रिय