STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तृप्त रेष्टुरेन्टमा आगलागी, ३५ लाखको धनमाल नष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २, शुक्रबार

काठमाडौं महानगरपालिका ९ वडास्थित रामचन्द्र मार्ग बत्तीसपुतली गौशालामा रहेको तृप्त रेष्टुरेन्ट एण्ड बारमा आगलागी भएको छ । बिहिबार राती १२ बजे उक्त रेष्टुरेन्ट बन्द गरेर गएको तर १२ः१५ बजेतिर आगलागी भएको जानकारी सो रेष्टुरेन्टका प्रमुख सशस्त्र प्रहरी इन्स्पेक्टर सुदीप प्रसाइँले जनजाति खबर डटकमलाई दिएको छ । भर्खर ३ महिना अगाडि मात्र संचालनमा आएको तृप्त रेष्टुरेन्ट एण्ड बारमा भएको आगलागीबाट करिब ३५ लाख बराबरका भौतिक सामाग्रीहरु नष्ट भएको संचालक प्रसाइँले जानकारी दिनुभएको छ भने उहाँका अनुसार आगलागीबाट हल पूर्ण रुपमा क्षति भएको छ भने हल नजिकको किचेनमा कुनै क्षति भएको छैन । रेष्टुरेन्टमा कसरी र कसबाट आगलागी भयो, उक्त विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।   निर्मल मानन्धर
Categorized in अपराध-दुर्घटना