STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तेस्रो किस्ता लिने क्रममा वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ६, बुधबार

विसं २०७२ सालको भूकम्पपछि कास्की जिल्लामा लाभग्राही सूचीकृत भएकामध्ये एक हजार ७०० ले तेस्रो किस्ता लगेका छन् । जिल्लामा कूल छ हजार २६ जना लाभग्राही सूचीकृत भएकामध्ये पहिलो किस्ता पाँच हजार ४९२ ले र दोस्रो किस्ता दुई हजार ७५९ ले लगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख इञ्जिनीयर नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ५३४ जनाले अहिलेसम्म सम्झौता गर्न आएका छैनन् । यसैबीच जिल्ला पुनःनिर्माण सहजीकरण समितिले निजी आवास पुनःनिर्माण समयमै सम्पन्न गर्ने तत्कालीन कार्ययोजनालाई अनुमोदन गर्ने निर्णय गरेको छ । समितिको बैठकले पोखरामा सञ्चालित जिल्लाका सरोकारवालासहितको कार्यशालाको निष्कर्षस्वरुप तयार भएको निजी आवास पुनःनिर्माण समयमै सम्पन्न गर्ने तत्कालीन कार्यान्वयन योजनालाई अनुमोदन गरी उक्त कार्यान्वयन योजनालाई प्रभावकारिताका साथ अघि बढाउने निर्णय गरेको हो । जिल्ला आयोजना कार्यान्वयन एकाइ, कास्कीबाट पालिकामा परिचालित प्राविधिकमार्फत भूकम्पका कारण क्षतिग्रस्त र सम्बन्धित पालिकामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत परिचालन गरिएका प्राविधिक पुग्नुअघि निर्मित निजी आवासहरूको यथार्थ विवरण सङ्कलन गरिने भएको छ । विवरण सङ्कलन भएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत सम्बन्धित पालिका एवं वडा कार्यालयको सूचना पाटीमा त्यसको सत्यतथ्य यकिन एवं सो सम्बन्धमा गुनासो र उजुरी सङ्कलन गर्न सात दिनको अवधि तोकी निजी आवासको विवरण सार्वजनिक गर्ने निर्णय गरिएको छ । सात दिने सार्वजनिक सूचना टाँस गरेको समयावधि सकिएपछि सम्बन्धित लाभग्राहीको लागि कुनै उजुरी र गुनासो नपरेको अवस्थामा बाँकी रकम भुक्तानीका लागि सिफारिस गर्न प्राविधिक खटिनुपूर्व बनेका घरलाई निजी आवास पुनःनिर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७६ अनुसार अगाडि बढाउने जनाइएको छ । बैठक जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
Categorized in राष्ट्रिय