थप नौ जनामा काेराेना संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ५, सोमबार
काठमाडौं - नेपालमा थप नौ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितकाे संख्या ३०४ पुगेकाे छ।
सोमबार देखिएका संक्रमित रौतहट र बाराका रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्।
काठमाडौंमा गरिएकाे परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको हो।
कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित ३ सय चार मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ।
Categorized in राष्ट्रिय