STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ११ जनामा कोरोना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ६, मंगलबार

काठमाडौं – नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबारमात्र ८० जनामा कोरोना संक्रमण पाइएको थियो । यो संख्यामा मंगलबार ११ जना थपिएका छन् । यसअघि आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् । उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् । यहाँका एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।
Categorized in राष्ट्रिय