थप १५३९ जनामा संक्रमण पुष्टि, कूल संक्रमित ५८ हजार नाघ्याे
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३१, बुधबार
काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर १ हजार ५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।
स्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएअनुसार पछिल्लाे २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। याेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।
पछिल्लाे २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएका छन् । गाैतमका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।
यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । आज १०,४९४ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।
Categorized in राष्ट्रिय