STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप १७ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ४४४ पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ८, बिहिबार

काठमाडौं – नेपालमा कोरोना महामारीकै रुप लिइरहेको स्पष्ट हुन्छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दो छ । बिहीबार बिहान जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । अधिकारीका अनुसार झापा, कचनकवल गाउँपालिका–३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ पुरुषहरू, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी, धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय महिला रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४५ पुगेको छ भने यसबाट दुईजनाको मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय