थप १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १२, सोमबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । सोमबार मात्र ७ सय ४२ जना निको भएर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । देशभर १९ हजार ६ सय २४ जना आइसोलेसनमा उपचाररत रहँदा ६ हजार ३ सय १० जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सुनसरीमा ३८ वर्षीया महिला, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुष गरी जम्मा ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। १९ हजार ६३४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ३१० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ८० नमूनाको पीसीआर परीक्षण भएको छ। ७४२ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। यो प्रतिशत ७३ दशमलव ३ हो। आइसीयूमा २२५ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ। हालसम्म ४८१ जनाको मृत्यु भएको छ।
Categorized in राष्ट्रिय

