STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप २१३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ३४४८ पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २५, आइतबार

काठमाडौं - आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।  हालसम्म पीसीआर विधिबाट ९६ हजा र २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्। क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन्।  यस्तै ४६७ जना डिस्चार्ज भएका छन्। जसमध्ये पुरुष ३९९  जना र महिला ६८ जना  रहेका छन्।। पछिल्लो २४ घन्टामा  १०३ जना डिस्चार्ज भएका ३ छन्। जसमध्ये २ जना महिला र सय जना पुरुष हुन्। मन्त्रालयका प्रवक्ता फेरिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन्। थापाथली परोपकार प्रसूति केन्द्रको निर्देशकबाट तीन दिनअघि मन्त्रालयमा तानिएका प्रा.डा. जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि सक्रिय रहेका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।   मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा भने प्रवक्ता देवकोटा नै उपस्थित भएका थिए । 
Categorized in राष्ट्रिय