थप २१४ जनाकाे कोरोनाबाट मृत्यु, ८९६० संक्रमित थपिए, उपत्यकामामात्र ३५६२ थप
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३०, बिहिबार
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २४५ जनाको पीसीआर र एन्टिजेन गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएकासँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । देशभर १ लाख ५ हजार २०७ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त भएर ५ हजार ५५ जना डिस्चार्ज भएका छन् ।
Categorized in राष्ट्रिय

