STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १४, शुक्रबार

काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा १४ हजार ९ सय ८९ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमितको संख्या ३८ हजार ३ सय ५७ पुगेको छ । त्यसैगरी २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय