STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार

 काठमाडौं - आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । आइतबार थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये ८७७ र ९७ महिला रहेका छन्।नयाँ डिस्चार्ज हुनेमा ५५ पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ।  पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ र आरडीटी विधिबाट २ लाख १० हजार ७२१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८९ र आरडीटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ।  मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा  ४ हजार ७६८ जना रहेका छन्। 
Categorized in राष्ट्रिय