STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थिमिका गेष्ट हाउसमा छापा, अनैतिक क्रियाकलापमा संलग्न १४ जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २५, आइतबार

भक्तपुर – महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ ।

यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो । 

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेष्ट हाउसमा छापा मारी सात महिला लगायतलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा रु  एक लाख नौ हजार ३००  सहित चार जनालाई पक्राउ गरेको छ । 

Categorized in अपराध-दुर्घटना