STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थिमिको बिस्काः जात्राको फोटो प्रदर्शनी सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २२, मंगलबार

काठमाडौं - मध्यपुर थिमिको बिस्काः जात्राको महत्व झल्काउने फोटो प्रदर्शनी आजबाट सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डमा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठको एकल फोटो प्रदर्शनीको आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए ।

यो फोटो प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

यो वर्ष बिस्केट जात्रा ३१ चैतबाट वैशाख २ गतेसम्म मध्यपुर थिमिमा मनाइँदै छ ।

Categorized in उपत्यका