STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थिमि घटना : हत्यापछि आत्महत्या !

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २७, शनिबार

काठमाडाैं – मध्यपुर थिमि नगरपालिकाको कुन्डोलमा एकै घरका तीनजनाको शव भेटिएको प्रकरणमा त्यो हत्यापछि आत्महत्या हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । थिमिका एकै घरका श्रीमान् श्रीमती र छोराको शव प्रहरीले फेला पारेको थियो । प्रहरीको अनुसन्धानले देखाएअनुसार सुतिरहेकै अवस्थामा श्रीमान्ले श्रीमती र छोराको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । श्रीमती र छोराको धारिलो हतियारले हत्या भएको देखिएको छ भने श्रीमान्को विष सेवनले मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव शुक्रबार भेटिएको थियो । उनीहरुको केही दिनअघि नै मृत्यु भइसकेको र शव कुहिन लागेको अवस्थामा पाइएको प्रहरीले जनाएको छ । पहिलो तलामा छोरा, दोस्रो तलामा श्रीमतीको शव भेटिएको थियो भने अन्तिम तलामा श्रीमान्को शव भेटिएको थियो । श्रीमती र छोराको टाउकोमा धारिलो हतियार प्रयोग गरिएको देखिएको छ भने श्रीमान्को शरीरमा चोटपटक नदेखिएको जनाइएको छ । घरको भर्याङमा कुकुरको शव पनि भेटिएको र त्यसको मृत्युको कारण पनि विष नै हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना