दलित हत्याको घटनाप्रति नेवाः देय् दबूको भर्त्सना
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १४, बुधबार
काठमाडौं – नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले रुकुम भएको दलित हत्याको घटनालाई लिएर घोर भर्त्सना गरेको छ ।
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सो घटनालाई अमानवीय घटनाको संज्ञा दिँदै त्यस्ता घटना दोहोरिन नदिन र समाजमा जातीय सद्भाव कायम राख्न रुकुम घटनाका सम्पूर्ण दोषीलाई कानुनी दायरमा ल्याएर कानुनी कारवाही गर्न नेपाल सरकारसँग माग पनि गरेका छन् ।
जाजरकोट भेरी नपा ४ रानागाउँका २१ वर्षीय नवराज विकको रुकुम पश्चिम चौरजहाजी ८ सेतीका मल्ल थरकी युवतीसँगको पे्रम सम्बन्ध र विवाहलाई लिएर विकलगायतलाई दलित भएकै कारण कुटपिट तथा सामूहिक हत्या गरिएको थियो ।
यस घटनाको निन्दा गर्दै दबूले कुनै पनि व्यक्तिलाई धर्म, वर्ण, जाति, लिङ्ग, भाषा, क्षेत्र, संस्कृतिको आधारमा विभेद गर्नु कानुनतः दण्डनीय भएको स्मरण गराउँदै दोषीलाई कानुनी दायरमा ल्याउनुपर्ने माग गरेको छ ।
Categorized in राष्ट्रिय