STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २५, सोमबार

युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन गरिएको छ । दशाँै संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति र ३९ वटा उपसमिति गठन गरिएको हो । उपसमितिका संयोजकमा कार्यसम्पादनतर्फ सुकबहादुर गुरुङ, अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, सांस्कृतिक व्यवस्थापनमा राजु श्रेष्ठ, सचिवालय व्यवस्थापनमा लोकबहादुर थापा, प्रचारप्रसारमा शान्तबहादुर थापा, अर्थ तथा कक्ष व्यवस्थापनमा गणेश तिमिल्सिना हुनुहुन्छ । महोत्सवको सल्लाहकारमा विश्वप्रकाश लामिछाने, सेती थापा, रमेशबहादुर कार्की, लीलाधर अधिकारी, पोखरा महानगरपालिकाअन्तर्गत वडा नं १० का अध्यक्ष राजकुमार गुरुङ, ११ का अध्यक्ष मोहन बाँस्तोला, १३ का अध्यक्ष दर्शन लामा ९लेखबहादुर तामाङ०, १४ का अध्यक्ष प्रेमबहादुर कार्की, १५ का अध्यक्ष प्रकाश पौडेल, २४ का अध्यक्ष ओम सुवेदी, वडा नं ३१ का अध्यक्ष कमलबहादुर थापा हुनुहुन्छ । क्लबको सक्रियतामा हुने महोत्सवबाट लेखनाथको पचभैयामा निर्माणाधीन चिडियाखाना, सेती नदी संरक्षणलगायतका सामाजिक कार्यमा सहयोग गरिँदै आइएको छ ।
Categorized in राष्ट्रिय