STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दसैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १६, बुधबार

काठमाडौ‌- बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान साढे ४ बजेदेखि खुला हुने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने छ।

यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन्।

अरु दिनमा आन्तरिक उडान राति १० बजेसम्म भइसक्थे। तर, बाढीपहिरोपछि आइतबार यता आन्तरिक उडान राति २ बजेसम्म भइरहेका छन्। काठमाडौं विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार, मंगलबार काठमाडौंबाट दुईतर्फी ३ सय ३५ वटा उडान भएका थिए। यी उडानबाट १८ हजार १ सय ३७ यात्रुले ओहोदोहोर गरेका थिए।

मंगलबार अन्तिम उडान भैरहवाबाट यति एअरलायन्सको राति २:४० बजे काठमाडौंका लागि भएको थियो। त्यस्तै, अन्तर्राष्ट्रिय उडानहरु अहिले बिहान ६ बजेदेखि राति २ बजेसम्म हुने गरेका छन्।

काठमाडौंमा दैनिक सय हाराहारी दुईतर्फी अन्तर्राष्ट्रिय उडान हुन्छन्।

Categorized in राष्ट्रिय