STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दिपक मनाङे पक्राउ ।

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ९, बिहिबार

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेलाई जिल्ला प्रहरी कार्यलय कास्कीले प्रक्राउ गरेका छन् । पोखराको लेकसाइडमा रहेको होटल प्याराडाइजबाट बिहिवार दिउँसो उनलाई सादा पोसाकमा खटिएका प्रहरीले प्रकाउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए । मनाङेले मंगलबार अखिल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलमाथि हातपात गरेका थिए । सोहि बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । बिहिवार मात्रै जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई प्रकाउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
Categorized in अपराध-दुर्घटना