दुई अध्यक्षको कार्यविभाजन गर्दै नेकपाकाे बैठक सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २६, शुक्रबार
काठमाडाैं – सत्तारुढ दल नेपाल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको छ।
अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको कार्यविभाजन टुंगो लगाइएको भन्दै प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा केन्द्रीत रहने निर्णय भएको बताउनुभयो ।
उहाँका अनुसार सरकारका कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप गर्ने छैन । तर महत्त्वपूर्ण सवालमा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।
आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले आफ्नो धारणा राख्नुभएको थियो ।
फाइल तस्बिर
Categorized in राष्ट्रिय