STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २९, बुधबार

प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिनुभयो । उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि रु ५० लाख छुट्याएको छ । निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने ‘मोडालिटी’ बनाएको बताउनुभयो । प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव हुन नदिने मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । मनहरिमा सरकारी जमीन आठ हजार रोपनी नापजाँच गरिएको र अरु सरकारी जमीन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उहाँले बताउनुभयो । कहाँ कागज उद्योग बनाउने भन्ने टुङ्गो भए सरकारी जमीनको अभाव हुन नदिने बताउँदै उहाँले यस्तै खालका सरकारी संरचना मनहरिमा निर्माण गर्ने भनेर मनहरि गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गा जमीनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै गरेको जानकारी दिनुभयो । अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति बनाएर काम शुरु गर्न लागेको उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय