STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई घण्टामै टुंगियाे ओली-प्रचण्ड वार्ता

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २४, बुधबार

काठमाडौं : आन्तरिक कलह टुंग्याउने प्रयास स्वरुप प्रधानमन्‍त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच एक्लाएक्लै (वान टु वान) भएको वार्ता बिना निष्कर्ष टुंगिएको स्रोतले जनाएको छ। सोमबार र मंगलबार भएका छलफल सकारात्मक भए पनि कुनै सहमति हुन सकेको थिएन्। बुधबारको छलफल दुई घण्टामा टुंगिएको हो। पार्टी भित्रको आन्तरिक विवादका कारण नेकपा स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ। पार्टीको एकता बचाउन युवा नेताको सक्रियता र दबाबपछि स्थायी समिति स्थगन गरेर शीर्ष नेताहरु फेरि छलफलमा जुटेका हुन्। दुवै पक्षको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु एकता बचाउन सक्रिय भएका छन्। उनीहरुले दुवै पक्षका नेताहरुलाई भेटेर मनाउने र सम्झाउने काम गरिरहेका छन्। प्रधानमन्त्री ओलीले स्थायी समितिले दबाब दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने बताएका छन्। प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले भने प्रधानमन्त्री ओलीमाथि सहमतिको वातावरण बनाउन दबाब दिइराखेका छन्। सचिवालय र स्थायी समितिका बहुमत सदस्यले ओलीको राजीनामा मागेपछि आन्तरिक कलहले उग्र रुप लिएको हो। अध्यक्षद्वय ओली र प्रचण्डसँगै नेताहरुले विभिन्न चरणमा छलफल गरेपनि सहमति हुन सकेको छैन। प्रधानमन्त्री ओलीको समर्थनमा नेकपाका कार्यकर्ताले देशभर प्रदर्शन गर्न थालेपछि प्रचण्ड पक्षले त्यसको चर्को विरोध गर्दै आएको छ। केही केन्द्रीय सदस्यले भने पार्टी विवाद समाधानका लागि केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।
Categorized in राजनीति