STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई दर्जन चलचिकर्मी नेपाली काँग्रेसमा प्रवेश

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण २, आइतबार

नेपाली चलचित्र जगतका दुई दर्जन लब्ध प्रतिष्ठित चलचित्रकर्मीहरु शनिबार नेपालको प्रजातान्त्रिक इतिहास को धरोहर मानिने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस सूचना तथा सञ्चार प्रसार विभागअन्तर्गत टेलिभिजन उपसमितिको संयोजकत्वमा फिल्मकर्मी नीर शाहको अगुवाईमा भएको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा वरिष्ठ मेकअप आर्टिस्ट सन्तु तामाङ, अग्रज द्वन्द्व निर्देशक एनबी महर्जन, अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा, नेपाल चलचित्र संघका उप–महासचिव एवं फिल्म वितरक गोपालकाजी कायस्थ, निर्माता तथा निर्माण नियन्त्रक मिलन सुवेदी, स्क्रीप्ट राइटर अभिमन्यु निरबी , चलचित्र पत्रकार संघ नेपाल उपाध्यक्ष दीपज्योति थापा, निर्माता र कलाकार प्रभाकर श्रेष्ठ, निर्माता र कलाकार सुनिल श्रेष्ठ, निर्देशक राजु अर्याल, कलाकार सबिन श्रेष्ठ, कलाकार दिनेश श्रेष्ठलगायत फिल्मकर्मीलाई सभापति देउवाले टिका, माला र पार्टी सदस्यता कार्ड दिएर पार्टी प्रवेश गराएका हुन् ।
सभापति देउवाले देश निर्माणमा कलाकारको योगदान महत्वपूर्ण हुने बताए । कार्यक्रममा पूर्व सह–महामन्त्री डा.प्रकाशशरण महतको पनि उपस्थिती रहेको थियो । कार्य क्रममा वरिष्ठ चलचित्रकर्मि नीर शाहले नेपालको प्रजातान्त्रिक इतिहास मा नेपाली कांग्रेस को ठुलाे भुमिका रहेको बताउँदै पहिलो चलचित्र सत्य हरिश्चन्द्र का  निर्देशक डि बि परियार त्यतिबेला नेपाली कांग्रेस का उप महामन्त्रीका रुपमा रहेको कुरा स्मरण गरे । सो प्रवेश कार्यक्रमको आयोजना चलचित्र निर्देशक समाजका महासचिव तथा टेलिभिजन उपसमितिका सदस्य सचिव जनकदीप पराजुली र उपसमितिका सदस्यहरु कलाकार सुशान्त श्रेष्ठ, चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई र नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरेका थिए ।

Categorized in सिनेमा