दुई दिनमै महानगरको खोप अभियान स्थगित
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २७, बिहिबार
काठमाडौं महानगरमा खोप अभियान स्थगित भएको छ ।
खोप अभाव भएका कारण खोप अभियान रोकिएको महानगरले जनाएको छ ।
'प्राप्त भएको खोप सकियो । अर्को खोप नआएसम्मको लागि स्थगित गरेका हौँ,' महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने । २५ जेठदेखि ६०-६४ वर्षका नागरिकलाई भेरोसेल खोप लगाउन थालिएको थियो ।
दुई दिनमै महानगरले खोप अभियान स्थगित गरेको हो ।
Categorized in उपत्यका

