STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई हजारले रोजगार पाउने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ जनाले रोजगारी पाउने भएका छन् । 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा चालू आर्थिक वर्ष २०७५÷०७६ भित्र बेरोजगारीको सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार दिने भनिएको छ । 
जिल्लाको वैजनाथमार राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवामा र जानकीमा १४० तथा नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले ७६२ युवा बेरोजगारलाई रोजगारी दिने नेपालगञ्ज नगर उपप्रमुख उमा थापामगरले बताउनुभयो । कार्यक्रमअन्तर्गत सरकारले बाँकेका स्थानीय तहमा रु ४० करोड ६० लाख सशर्त अनुदानको व्यवस्था गरेको छ ।
Categorized in राष्ट्रिय