'दुनियाँलाई दूर राखौंला' लिएर कीर्तिपुरका संगीतकार सुविन श्रेष्ठ
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ९, शुक्रबार
कीर्तिपुर नगरपालिका ९ वडा नयाँबजारको तगःवपि टोलमा बस्नु हुने तथा आफ्नै निवासमा तालतन्त्र म्यूजिक एकेदेमि संचालन गर्दै आइरहनु भएका कीर्तिपुरका चर्चित गायक सुविन श्रेष्ठ अब संगीतकारको रुपमा दर्शक माँझ आएको छ । सुविन श्रेष्ठको संगीतमा 'दुनियाँलाई दूर राखौंला' बोलको गीतको म्यूजिक भिडियो आज शुक्रबार साँझ यूट्युबबाट सार्वजनिक हुने भएको छ । चर्चित गायिका मेलिना राईसंगै नवोदित गायक शंकर योंगहांगको आवाज समेटेको सार्वजनिक हुन लागेको गीत स्वयं संगीतकार सुविन श्रेष्ठ र नवोदित गायक शंकर योंगहांगले रचना गरेका छन् । गोपाल रसाइलीको संगीत संयोजन रहेको 'दुनियाँलाई दूर राखौंला' गीतको म्यूजिक भिडियोमा विकास लामिछाने र ऋचा थापाको प्रमुख भूमिका रहेको छ भने सब्बु तामांगले मेकअप आर्टिष्टको रुपमा भूमिका निभाएकी छिन् । त्यस्तै, सुजनको प्रचारप्रसार रहेको उक्त म्यूजिक भिडियो विकास मगरले सम्पान गरेका छन् भने किरण दाहालले निर्देशन गरेका छन् । संगीतकार सुविन श्रेष्ठ एक सुरिलो स्वरका धनी गायक हुन् । कीर्तिपुर संगसंगै कीर्तिपुर बाहिरको धेरै स्टेज प्रोग्रामहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आइरहनु भएका सुविन श्रेष्ठले आजकलका चर्चित संगीतकार कीर्तिपुर नगरपालिका ४ वडा सल्यानस्थानका कालीप्रसाद बाँस्कोटाको संगीतमा र मानसराजको रचनामा 'सुनचाँदी हिरासंग दाँजेर मायालाई' बोलको गीत गाइसक्नु भएको छ भने यस गीतको म्यूजिक भिडियो एक समय धेरै चर्चित भएको थियो । त्यस्तै, सुविन श्रेष्ठले कीर्तिपुरका चर्चित संगीतकर्मी स्वर्गीय नविन महर्जनको संगीतमा पनि गीत गाउनु भएको छ भने कीर्तिपुरकै चर्चित संगीतकर्मी राजेश महर्जन नेवाःको संगीतमा पनि गीतहरु गाउँनु भएको छ । सुविन श्रेष्ठको स्वरमा संगीतकार राजेश महर्जन नेवाःको संगीतमा कीर्तिपुर नेतृत्व नेपालभाषाको गीत 'झीगु थःगु तजिलजि दु', भूकम्प पुनःनिर्माण जागरण गति 'दँ रे दँ नेपाःमि दँ', अमाईबलय् वयेमखु पुन्हीबलय् वये' इतयादी गीत गाई म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन् । म्यूजिक भिडियोकै क्रममा केही महिना अगाडि मात्र चर्चित गायिका प्रमिशा अधिकारीसंग 'फोटो खिचिक्क' बोलको गीतमा आफ्नो युगल स्वर दिई संगीतकार सुविन श्रेष्ठले म्यूजिक भिडियो यूट्युबमा अपलोड गर्नुभएको छ । Categorized in सिनेमा


