STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्गालाल श्रेष्ठको कभर–गीतको म्युजिक भिडियो सार्वजनिक हुने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २, शुक्रबार

काठमाडौं – जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिन मनाउने क्रममा उनको कभर–गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । जनजाति खबर, नेवाः अनलाइन न्युज र नेवाः युट्युबले भोलि साउन ३ गते सो म्युजिक भिडियो सार्वजनिक गर्न लागेको हो । शनिवाः दिउँसो ४ बजे एक सांगीतिक कार्यक्रमको बीच सो म्युजिक भिडियो सार्वजनिक हुन लागेको हो । सो कभर गीतमा निभाः डंगोलले आवाज दिनुभएको छ भने यचु शाक्यको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन यौवन शाक्यले गरेका छन् भने यसमा सिनेमाटोग्राफी पुष्पले गरेका छन् । नवप्रतिभाको सांगीतिक कार्यक्रम पनि म्युजिक भिडियो सार्वजनिक हुने कार्यक्रममा ६ जना नयाँ प्रतिभाहरुले पनि सांगीतिक प्रस्तुति दिनेभएका छन् । ‘माया रे रतन’ कभर गीत प्रतियोगिताका विजयी ती नवप्रतिभाहरुले सोही कार्यक्रममा गीत प्रस्तुत गरी मनोरञ्जन दिने पनि जनाइएको छ ।
Categorized in उपत्यका