STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देवकोटाको खण्डकाव्यको विमोचन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार

मोफसलका कवि आरके देवकोटाद्वारा लिखित खण्डकाव्य ‘भूत, भविष्य, वर्तमान’ बजारमा आएको छ । कवि देवकोटाको सो पहिलो कृति भेरी साहित्य समाज जिल्ला समितिले प्रकाशन गरेको हो । 
उक्त कृतिमा नेपाली समाजको परम्परागत जीवनशैली, आधुनिक जीवनशैली र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे चित्रण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा कथाकार सनत रेग्मीले सो कृति लोकार्पण गर्दै नेपाली साहित्यलाई सतहीरुपमा व्याख्या गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो गर्नुभयो । 
सोही प्रतिष्ठानका सदस्य हरि तिमिल्सेनाले देवकोटाको खण्डकाव्यले नेपाली साहित्यको विकासमा योगदान पु¥याउने बताउनुभयो । समाजका अध्यक्ष राजेन्द्र आचार्य, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका नेपाली भाषा साहित्य प्रमुख डम्बर पुनलगायतले खण्डकाव्यका विविध विषयमा चर्चा गर्नुभएको थियो । 
Categorized in राष्ट्रिय