STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देवघाट क्षेत्र विकास समितिद्वारा रु १० करोड माग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि रु १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको बजेट निकै न्यून भएको र त्यसले परिणाम दिने खालको काम हुननसकेको भन्दै पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ । “यस वर्ष पूँजीगततर्फ रु ७५ लाख र चालूतर्फ रु २० लाख बजेट निकासा भएको हो, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भन्नुभयो, यो रकम देवघाटका लागि ‘हात्तीको मुखमा जिरा’ भयो ।” देवघाटमा रहेका १२५ योजना सम्पन्न गर्न नियमितरूपमा आवश्यक बजेट विनियोजन हुनुपर्ने उहाँको माग छ । पौडेलले भन्नुभयो, “देवघाट क्षेक्र सरकारको नीति कार्यत्रम र बजेटमा प्रथामिकतामा अहिलेसम्म परेन, देवघाटको विकासका लागि छुट्टै ऐनको अभावमा समस्या खड्किएको छ ।” “देवघाटको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न रु छ अर्ब आवश्यक पर्छ, यस वर्ष नीति तथा कार्यक्रममा देवघाटलाई रामायण सर्किटका रूपमा विकास गर्ने भनेर सम्बोधन गरिएको छ, यसले केही आशा जगाएको छ”, उहाँले भन्नुभयो । गुरुयोजनाअनुसार काम सम्पन्न गर्न गण्डकी प्रदेशबाट रु एक अर्ब, प्रदेश नं ३ बाट रु एक अर्ब तथा भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाबाट रु एक अर्ब बजेट विनियोजन गर्न अनुरोध गरेको पौडेलले बताउनुभयो । रु तीन अर्ब बजेट केन्द्र सरकारमार्फत विनियोजन गरेर बाँकी काम सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ । विसं २०६४ मा बनेको देवघाटको गुरुयोजना बजेट अभावमा अलपत्र परेको उहाँ बताउनुहुन्छ । दश वर्षको अवधिमा समग्र योजनाको जम्मा २५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १० वर्षमा ७५ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको पौडेलले बताउनुभयो । सबै पक्षको समझदारी, एकता र समन्वयबाट गुरुयोजनाअनुसारका काम अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दीर्घकालीन महत्वका योजना सम्पन्न गरिने बताउनुभयो । चालू आर्थिक वर्षमा देवघाट क्षेत्रमा बाँदर व्यवस्थापनदेखि ज्येष्ठ नागरिक ९वृद्धाश्रम० भवन निर्माणसम्मका काम गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । उहाँले ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी २० प्रतिशत काम असारसम्म सम्पन्न हुने प्रतिबद्धता जनाउनुभयो । विद्युतीय शवदाहगृह, पर्यटकीय गोलघरलगायतका महत्वपूर्ण योजना निर्माणको चरणमा रहेको उहाँले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षका लागि ४६ योजनामा बजेट माग गरिएको घिमिरेले बताउनुभयो । चितवन, तनहुँ र नवलपुरको सङ्गम देवघाट क्षेत्र पाँच हजार ४३४ हेक्टरमा फैलिएको छ । विकास समिति ऐन, २०१३ अनुरुप देवघाट क्षेत्र विकास समिति गठन भएपछि विसं २०५१ बाट औपचारिक कार्य प्रारम्भ भएको थियो ।
Categorized in राष्ट्रिय