दोस्रो विश्व महिला कथावाचन गोष्ठी सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १९, सोमबार
काठमाडौं – हलिं नेवाः दबू, अमेरिका शाखाको आयोजनामा दोस्रो विश्व महिला कथावाचन गोष्ठी सम्पन्न भएको छ ।
शिकागो निवासी केशरमान ताम्राकारको संयोजकत्वमा सम्पन्न उक्त गोष्ठीमा नेपालभाषा साहित्य क्षेत्रका महिला कथाकारहरुले आ–आफ्ना कथा वाचन गरेका थिए ।
कथावाचन गोष्ठीलाई गत शनिबार प्रत्यक्ष प्रशारण गरिएको थियो ।
गोष्ठीमा नेपालभाषाका महिला साहित्यकारहरु सुवर्णकेशरी चित्रकार, सरस्वती तुलाधर, ईश्वरीमैयाँ श्रेष्ठ, रेणु श्रेष्ठ, अमेरिका निवासी रीतादेवी प्रधान जोशी र नेदरल्याण्ड निवासी श्रीलक्ष्मी श्रेष्ठले आ–आफ्ना कथा वाचन गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन दबूका अध्यक्ष प्रमेश श्रेष्ठले सहयोग गरेका थिए ।
कथावाचन गोष्ठीलाई एकै दिन हजारौं दर्शकले हेरेको आयोजकले जनाएको छ ।
(कथावाचन हेर्न यस लिंकमा क्लिक गर्नुहोला)
Categorized in राष्ट्रिय