धनकुटाको सिधुवा बजारमा भीषण आगलागी, ३ घर जले
Janjati Khabar – Janjati Khabar | २०७९ पौष २९, शुक्रबार
काठमाडौं - धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा भीषण आगलागी भएको छ । शुक्रबार करिब ७ बजेबाट सुरु भएको आगोले तीन वटा घर जलेका छन् ।
बजारको काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजेदेखि आगलागी सुरु भएको बताइएको छ ।
अहिले आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लागिरहेका छन् । आगो निभाउनका लागि तेह्रथुमको वसन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेको छ ।
Categorized in अपराध-दुर्घटना

