STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धम्क्याएर पाँच लाख फिरौती माग्ने पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ गौशालाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बुद्धनगरमा औषधि पसल सञ्चालन गरेका कार्कीसँग रु पाँच लाख नदिए छोरालाई अपहरण गरी हत्या गर्ने भन्दै धम्क्याएर रकम माग्ने दुई जनालाई कार्कीले दिएको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । महाशाखाले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीमकार्डसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाइएको छ ।
Categorized in अपराध-दुर्घटना