STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार

काठमाडौं – धुलिखेल अस्पतालमा बिहीबार राति एकजना सुत्केरी महिलाको मृत्यु भएपछि सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको मृत्यु भएको थियो । कारोना आशंकामा उनको पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । ती महिला ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो ।
Categorized in राष्ट्रिय