STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतले भोलि आदेश सुनाउने

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १४, बिहिबार

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ ।

बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने अदालत स्रोतले जानकारी दियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

उनीहरूले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त पुनरावेदन निवेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले बिहीबार उनीहरु थुनामा नै रहने, धरौटीमा छुट्ने वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्नेछ ।

Categorized in अपराध-दुर्घटना