STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नमूना गाउँमा नयाँ उत्साह

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १२, बिहिबार

गाउँ, गाउँमा स्वागत गेट, अनि सरसफाइसम्बन्धी सन्देश लेखेको होर्डिङ बोर्ड देख्दा लाग्छ नयाँ पाउनालाई स्वागत गर्न ती बोर्ड राखिएका हुन् र पक्कै पनि गाउँमा कोही आउँदैछ भन्ने भान हुन्छ तर ती बोर्ड न स्वागतका लागि राखिएका हुन् न त कोही नयाँ पाहुना नै आउन लागेका हुन् । ती त नगरको समृद्धि र विकासको नयाँ स्वरूप दिन नलगाड नगरपालिकाले नमूना बस्ती निर्माण गरी दैनिक सबैलाई समानरुपमा स्वागत गर्नका लागि बनाएको संरचाना हुन् । उक्त नगरपालिकाको १३ वटा वडामा १३ वटा ठाउँ छनोट गरीे नमूना बस्ती बनाएर दैनिक सबैलाई स्वागत मात्र गरेको छैन, नयाँ संस्कार र संस्कृतिको जर्गेर्ना गर्न टेवासमेत पु¥याएको छ । हिलो, मैलो, धुलो र जथाभावी फोहर व्यवस्थापन गरी यहाँका बासिन्दाले गाउँको विकास गरी नयाँ स्वरुप बनाएकाले सबैको आकर्षणको केन्द्रबिन्दु बनेको हो । नयाँ संरचना र प्रस्तुतिले अन्य छिमेकी गाउँलाई समेत आफ्नो गाउँको स्वरूप बदल्न दबाबसमेत दिएको स्थानीय शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो । ‘नयाँ नगर र समृद्धिका लागि जनताको नगर’ भन्ने नाराका साथ अगाडि बढेको उक्त नगरपालिकाले जनजागरण र उत्प्रेरणा नजगाई हाम्रो दैनिक क्रियाकलाप सफल नहुने भएकाले जागरणका साथै सोच्ने तरिका बदलिनुपर्नेमा जोड दिँदै आएको छ । नमूना बस्तीमा स्वागत प्रवेशद्वार, महिला, पुरुषका लागि सार्वजनिक शौचालय, चेतनामूलक सन्देश लेखिएका होर्डिङ बोर्ड, खानेपानी, सरसफाइयुक्त आदिको कार्य गरी नमूना बस्ती निर्माण गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । गाउँ, गाउँमा नमूना बस्तीको सिको गर्दै अन्य गाउँमा समेत सरसफाइलाई ध्यान दिइएको स्थानीयवासीको भनाइ थियो । अहिले गाउँमा कुनै कार्यक्रम, सभा र सम्मेलन भएमा नयाँ द्वार निर्माण गर्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो । रु ७८ लाखको लागतमा नमूना बस्ती निर्माण गरिएको हो । गाउँ, गाउँमा जनचेतनामूलक सन्देश, खानेपानीको आपूर्ति, स्वास्थ्यमा पहुँचलगायत विषयमा समेत नगरपालिकाले जोड दिएको छ । प्रत्येक वडामा सरसफाइ समिति गठन गरी टोल विकास र जनचेतनाका लागि बृहत् छलफल हुँदै आएको छ। सुर्ती तथा मदिराजन्य पदार्थ सेवनमा रोक लगाएको नगरले आयातित मालाभन्दा स्थानीय फूलबाट निर्माण गरिएका माला प्रयोगमा जोड दिइएकाले स्थानीयवासीको करेसाबारीमा फूल फुलेको देख्न पाइने गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । नमूना बस्तीमा नमूना विद्यालय छनोट गरी शैक्षिक स्थिति सुधार्न सबै कुराको व्यवस्थापन गरिएको उहाँको भनाइ थियो। पहिलोको भन्दा यो वर्ष नगरपालिकाभित्रका विद्यालयको भर्नादर र उत्तीर्णदरसमेत बढेको छ । सिकाइस्तर पनि बढेको शिक्षा नगरशाखाले जनाएको छ । नमूना विद्यालय हामीले पनि बनाउन पाउनुपर्छ भन्दै अहिले नगरमा दैनिक मागपत्र पेश गर्नेको सङ्ख्या धरै छ । भेरी नदी र नलगाड नदीमा जलचर प्राणी मार्न प्रतिबन्ध लगाएको नगरले समग्र विकासका लागि नयाँ अभियान सञ्चालन गर्न र सहकार्य गर्न जोड दिएको छ ।
Categorized in उपत्यका