STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ नोटको अभाव

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १७, शुक्रबार

मागअनुसार प्राप्त नहँुदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो । बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिनुभयो । उहाँको अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग रु तीन करोड माग गरे पनि त्यो अनुसार प्राप्त नहँुदा अभाव देखिएको हो । “नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको छ ।” शाखा प्रमुख राजकर्णिकारले भन्नुभयो, “दशैँको समयमा नयाँ नोट नै प्रयोग गर्नुपर्छ भन्ने भावना हटाउन जागरुक हुनुपर्ने देखिएको छ ।” नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् । दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् ।
Categorized in राष्ट्रिय