नयाँ बनाइएको भ्युटावर 'धरहरा'को ओलीद्वारा उद्घाटन
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ११, शनिबार
२०७२ सालको भूकम्पले ढालेको धरहरा पुनर्निर्माणपछि आज उद्घाटन गरिएकाे छ ।
प्रधानमन्त्री केपी ओलीले केही बेरअघि नयाँ धरहराको उद्घाटन गरेका हुन् ।
धरहराकाे प्रवेशद्वारमा राखिएकाे शिलालेखकाे अनावरणपछि प्रधानमन्त्री ओलीले ढाेकाकाे रिवन काटेर धरहराकाे उद्घाटन गरेका हुन् ।
उद्घाटन भए पनि तत्काल धरहराकाे अवलोकन गर्न भने पाइने छैन ।
याे निर्माण सम्पन्न भइसक्न बाँकी नै छ । भूमिगत संरचनासहित नयाँ धरहरा २५ तलाकाे हुने छ ।
Categorized in उपत्यका

