नयाँ बर्षको पहिलो दिन तुलसी घिमिरेको मल्टिस्टारर फिल्म 'पहाड" हुदै
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २५, बुधबार
कुसुमे रुमाल , चिनाे , लाहुरे , बलिदान आदि जस्ता कालजयी फिल्म हरुका महान सर्जक भेट्रान निर्देशक तुलसी घिमिरे लामो समयको ब्रेकपछि पुनः आफ्नै पुरानो कर्ममा फर्किनु भएको छ । उहाँ द्वारा निर्देशित चलचित्र 'पहाड' २०८३ सालको बेशाख १ गतेबाट हलमा लाग्ने भएको छ । २०७३ सालमा प्रदर्शन भएको 'दर्पणछाया २' पछि एक्कै पटक पहाड लिएर उहाँको दर्शकहरु माझ आउनुहुदैछ ।
चलचित्र 'पहाड'मा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की लगायतका अभिनय महारथीहरुसंग रवीन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल, अंकित खड्का, हिउँवाला गौतम, अरुण रेग्मी, रेहना केसी , सलाेना बज्राचार्य को अभिनय छ ।
भाग्यरत्न फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको 'पहाड'को पटकथा लेखन स्वयं निर्देशक घिमिरेकै छ ।
Categorized in सिनेमा

