STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नाइ संघले गरे मूल्यवृद्धि • कपाल र दाह्री काटेकाे मूल्य बढ्ने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २६, शुक्रबार

काठमाडौं - उपत्यकाका तीन जिल्लामा सैलुन व्यवसाय सञ्चालन गर्नेहरुको छाता संठगन नेपाल नाइ संघ जिल्ला समिति काठमाडौंले १७ प्रकारका सैलुन सेवाको शुल्क बढाउने निर्णय गरेको छ । सैलुन व्यवसायीले आफूखुसी निर्णय गर्दै सबै प्रकारका सेवा शुल्क एकैपटक वृद्धि गरेका छन् । काठमाडौं उपत्यकामा रहेका करिब ३० हजार सैलुन व्यवसाय छन् । समितिको असार १७ को निर्णयपछि उपत्यकामा नयाँ मूल्य सूची कार्यान्वयनमा आइसकेको छ । कपाल काटेको शुल्क पहिलेको एक सय ३० (व्यवहारमा १००) बाट बढाएर १५० रुपैयाँ पुर्याइएको छ । यस्तै दारी काटेको शुल्क ७० रुपैयाँबाट एकैपटक एक सय रुपैयाँ कायम गरिएको छ । कपाल डिजाइन गरेको ५० देखि एक सय रुपैयाँसम्म, दारी डिजाइन गरेको ५० देखि ७० रुपैयाँ, कपालमा स्याम्पो गरेको २० देखि ५० रुपैयाँ, फेसियल गरेको दुई सय तथा कपाल कालो गरेको एक सय देखि १५० रुपैयाँसम्म बढेको संघले जनाएको छ । नाई संघको नामाबाट महामारीको बेलामा सैलुन सेवाको मूल्य बढाइनु गैरकानुनी भएको उपभोक्ता अधिरकारकर्मीको आरोप छ । कुनै पनि बहानामा गरिएको सेवा शुल्क वृद्धि तत्काल फिर्ता गरिनु पर्ने उपभोक्ता अधिकारकर्मीले जनाएका छन् । कुनै पनि संघका नाममा शुल्क तथा मूल्य तोक्नु सिण्डिकेट भएको र शुल्क बढाउने निर्णय गर्ने नेपाल नाइ संघलाई कारबाही हुनुपर्ने उपभोक्ता अधिकारकर्मीहरुकाे भनाइ रहेकाे छ । यसमा नेपाल नाई संघले गरेको शुल्क वृद्धि गैह्रकानुनी भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । लागत र कारण नखुलाई वस्तु र सेवामा स्वविवेकले मूल्य बढाउनु गलत भएको र आफूहरुले कारबाहीको लागि छलफल थालेको विभागले जनाएकाे छ ।  
Categorized in बिजनेस