STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नागरिक अगुवा डा. महेश मान श्रेष्ठ सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ १२, सोमबार

नागरिक अगुवा डा. महेश मान श्रेष् नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको २८ औं स्थापना दिवसको सन्दर्भमा सम्मानित हुनु भएको छ । डा. श्रेष्ठले देशभक्तहरुको आन्दोलन, वामपन्थी र आदिवासी जनजातिको सवालदेखि सामाजिक क्षेत्रमा दिएको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरेको हो । कार्यक्रममा डा. श्रेष्ठले नेपालमा तीन वटा धार मध्ये पश्चगामी र यथास्थितिवादी धार देशको लागि अभिशाप रहेको ठहर गर्दै नेपालमा नयाँ ढंगको संघीय जनगणतन्त्र बहाल गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा विभाजित रहेका बामपन्थी शक्ति एकै ठाउँमा आउँनुपर्ने उहाँको धारणा रहेको छ । देशघाती, भ्रष्टाचार र उत्पीडित आदिवासी जनजातिदेखि अन्य समुदायलाई दमन गरेको हुनाले देश नाजुक अवस्थामा पुगेको उहाँको आरोप छ । नेपालमा विदेशी मोडलको जनगणतन्त्र नभई नेपालको आफ्नै मौलिक शैलीको व्यवस्था लागू गर्नसके देश विकास हुने डा. श्रेष्ठको दाबी छ । कार्यक्रममा मोर्चाका अध्यक्ष पवन मान श्रेष्ठले भाषा, संस्कृति, राजनीतिक अधिकार, नेवाः स्वायत्त प्रदेश, स्वशासन र पहिचानको लागि मोर्चा गठन भएको बताउनुभयो । यसको लागि धेरै व्यक्तिले जीवन उत्कर्ष गरेकोदेखि बेपत्ता हुनुपरेको स्मरण गर्नुभयो । त्यसो भएपनि बामपन्थी आन्दोलनका तत्कालीन शिर्ष नेतृत्वले राष्ट्रिय र वर्गीय आत्मसमर्पण गरेको प्रति उहाँको असन्तुष्टि रहेको छ । अहिले पुनः एकढिक्का भएर अधिकारको लागि संघर्ष गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेल, सीताराम तामाङ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, प्रा.डा. जगदशचन्द्र, मोर्चाका उपाध्यक्ष सुरेश श्रेष्ठ, महासचिव शिव श्रेष्ठ लगायतको सहभागिता थियो ।

समाचार स्रोत - के के मानन्धर

Categorized in साहित्य-कला